राजधानी माग्दै जुम्लामा आज सिटी जुलुस



हरीकृष्ण कुमाई,जुम्ला,
पुस २२,
कर्णालीमा राजधानी हुनु पर्ने माग गर्दै थालिएको आन्दोनको आज तेस्रो दिन जुम्लामा सिटी जुलुस निकालिएको छ । नागरिक समाज जुम्लाको अगुवाईमा सिटी जुलुस निकालिएको हो । आन्दोलनका विभिन्न रुप अपनाउदै राज्यको ध्यान केन्द्रित गर्न खोजिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए ।
सिटी जुलुस जिल्ला समन्वय समितीको कार्यालय जुम्लावाट शुरु भई विजयनगर हुदै कृष्ण मन्दिर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडी कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बाोल्दै युवा अगुवा अनुप थापाले राज्यले प्रदेश सभाको राजधानी टुंगो लगाउने जिम्मा प्रदेश सभालाई दिएर पिछडिएको क्षेत्रलाई वाईपास गर्न लागेको आरोप लगाउँदै फेरी पनि कर्णालीलाई अल्पमतमा पारेर सुर्खेतको रजाई सहनु पर्ने बाध्यता आउदैछ, तर यसका लागि कर्णालीबासी सहेर नबस्ने वताए । उनले भने, सिंहदरवारवाट ठगिएको कर्णाली फेरी सुर्खेतको सिकार बन्दै छ, यो सैहृय हुने छैन । त्यसका लागि राज्यले समयमै कर्णालीलाई सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

प्राकृतिक, ऐतिहासिक, पुरातात्विक,सास्कृतिक सम्पदायुक्त, भौगोलिक केन्द्रविन्दु, सम्भावना नै सम्भावनाको क्षेत्र कर्णालीलाई प्रदेशको नाम कर्णाली नामाकंन गरि पूर्वाधारको बुख्याँचा देखाएर ६ नम्वर प्रदेशको पुच्छरमा नभै राजधानी कर्णालीमा तोक्न र यो क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन माग गर्दै यसका लागि समग्र कर्णालीबासी एक जुट भएर समाजले आग्रह गरेकोछ ।

कर्णालीलाई अपमान गरि सुर्खेत राजधानी गर्ने प्रयास गरिए अझै कडा आन्दोलनका कार्यक्रम अघि सारेर साविकको ५ जिल्लाको विशेष अधिकार सहितको भिन्नै स्वायत्त प्रदेशका पक्षमा आधीबेहेरीको सृजना गर्ने चेतावनी नागरिक समाज जुम्लाले दिएको छ ।