
मनिराज पाण्डे पलाँता
२८ माघ कालीकोट ।पलाँता गाउँपालिकाले फाल्गुण १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आमुल परिर्वतनका लागि १० बर्षे जनयुद्धमा बिभिन्न कारणले ज्यान गुमाएका शहिदहरुको सम्झनामा फाल्गुण १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँतीकान्छाले बताउनु भयो ।
एकै दिन तीन कार्यक्रम
पलाँता गाउँपालिकाले फाल्गुण १ गते अशोक मार्गको उद्घाटन, खाँडा बस्ती समुदायलाइ हस्तान्त्रण र निरा स्मृती कप उद्घाटन गर्ने भएको छ । तीन वटै कार्यक्रम संचालन तथा ब्यवसथापनका लागि गाउँपालिकाले पलाँता विकास निर्माण कार्यदललाइ बिषेश जिम्मेवारी दिएको छ । कार्यक्रम संचालन हुने दिन सबै कर्मचारीलाइ पोशाकमा सहभागी हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

शहिदको नामबाट विकास आयोजना
अशोक मार्ग नामाकरण गरिएको बेल्केढुगा मोहर सैन राडुनेटा पुग्ने सडक २२ किलो मिटर निर्माण कार्य सम्पन्न भएपछि फाल्गुण १ गते गाउँपालिकाले सोही सडकमा सार्वजनिक यातायात संचालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आफ्नै लगानीमा वाइलकम पलाँता यातायात संचालन गर्ने तयारी गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो । गाउँपालिकाले शहीदका नाममा अशोक मार्ग, मुनाल मार्ग, गौरव चोक लगायतका विकास निर्माण आयोजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बमले बताउनु भयो ।

खाँडा बस्ती समुदायलाइ हस्तान्त्रण
२०७५ पुष ८ गते राती भएको आगलागि बाट जलेर नष्ट भएको पलाँता १ को खाँडा बस्ती स्थानीय सरकारको पहलमा पुनः निर्माण भएपछि फाल्गुण १ गते समुदायमा हस्तान्त्रण गर्ने कार्यक्रम छ । बस्ती पुनःनिर्माणका लागि कर्णाली प्रदेश सरकारले प्रतिघर ५ लाखका दरले १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्य मन्त्रीका स्वकीय सचिव खेमबहादुर सिहले बताउनु भयो ।
को हुन् निरा ?
पलाँता ८ की पाँचा कुमारी बमको (निरा) जनयुद्धका बेला पाल्पाको तानसेनमा भएको दोहोरो भिडन्तमा ज्यान गएपछि उहाँको सम्झनामा प्रत्येक वर्षको फाल्गुण १ गते पलाँता गाउँपालिकाले निरा स्मृति कप सञ्चालन गर्दै आएको छ । जनयुद्धमा संलग्न भएर ज्यान गुमाउने निरा पलाँताको पहिलो महिला हुन् । जनयुद्धका बेला तत्कालीन राज्य पक्षबाट २३ जना र विद्रोही पक्षबाट ४ जना गरी पलाँता गाउँपालिकाका जम्मा २७ जनाले ज्यान गुमाएका थिए ।



Milan Shrestha । २८ माघ २०७६, मंगलवार १५:४८ बजे