२३ जेठ, सुर्खेत । बराहताल गाँउपालिकामा आज आरडिटि परिक्षण गर्दा पाँच जनामा कोरोना पाेजेटिभ देखिएको छ ।
भारतको विभिन्न ठाँउहरूमा राेजगारको शिलशिलामा गएका नेपालीहरूलाई उद्दार गरेर ल्याईएका मध्य बराहताल गाँउपालिकाकाे १० वटै वंडामा रहेका क्वारेनटाईनमा करिब एक हजार भन्दा बढिलाई राखिएकाे बराहताल गाँउपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिनुभयो ।
पालिकाले स्थापना गरेको क्वारेनटाईनमा राखिएकाे मध्यमा ६५ जनामा आज परिक्षण गर्दा आरडिटी परिक्षण गर्दा बराहताल गाँउपालिका ५ मा २ जना र वडा नं ६ मा ३ जना आरडिटी पोजेटिभ देखिएकाे र थप परिक्षणकाे लागि नमुना स्वाब संकलन प्रदेश अस्पताल सुर्खेत पठाईएकाे बराहताल गाँउपालिका स्वास्थ्य प्रमुख राजु बस्नेतले जानकारि दिनुभएको छ ।



Prawash Kumar Shakya । २३ जेष्ठ २०७७, शुक्रबार २१:५६ बजे