कैंची ग्याङ्गले बुझायो विद्युतमा ज्ञापन पत्र


२७ साउन, सुर्खेत । कैंची ग्याङ्ग नेपाल समूहले आज नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखामा ज्ञापन पत्र बुझाएको छ ।

सरकारले देशलाई लोड सेडिङ्ग मुक्त गरिसकेको अवस्थामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नियमित विद्युत नभएपछि कैंची ग्याङ्ग नेपालले प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नियमित विद्युत नहुँदा प्रदेश राजधानीमा रहेका विभिन्न प्रकृति उद्योग कलकारखाना सञ्चालनमा कठिनाइ उत्पन्न भैरहेको तथा आम जनमानसमा जीवनयापनमा कठिनाइ भैरहेको उल्लेख छ । साथै अनलाइन प्रणाली मार्फत महशुल भुक्तानी अविश्वास सिर्जना भएको र विद्युत खपत यूनिट विना कै चर्को महशुल तिर्नु समस्याले आक्रान्त भएकोले समस्याको समाधान गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदा समूहले विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका थिए । भने मोट ग्याङ्ग नेपाल र द डोडो नेपाल फाउण्डेसनको सहकार्य रहेको थियो ।