शहिदको सम्झनामा रक्तदान कार्यक्रम


सुर्खेत, १९ साउन । कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाले बताए । रक्तदान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले शहिदहरुको सपना साकार पार्नका लागि केवल सप्ताहव्यापी कार्यक्रमले मात्र नपुग्दै बताउँदै शहिदहरुले देखेको सपनालाई समृद्ध कर्णाली निर्माण गरी पूरा गर्नु पर्ने बताए ।

शहिदाहरुको  बलिदानीले कर्णाली प्रदेशको स्थापना भएको भन्दै सांसद रेग्मीले कर्णालीबासी बन्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले प्रदेश स्थापना बेलामा भएको आन्दोलनको सम्झना गर्दै शहिदलाई सम्मान गर्न सके कुनै पनि दल र नेताहरु कुबाटोमा नलाग्ने बताएका छन । शहिदले आफ्नो प्राणको बलिदानी दिए भनेर मात्र नपुग्ने भन्दै उनीहरुको सपना साकार पार्नका लागि एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए  ।

साभारः नेपालगाथा ।