एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित


१२ चैत, सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि हिजो आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिस्पर्धी अमृतकुमार विसीलाई २१९ मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा मोहन सिंह बडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी र उपसचिव (खुला) मा टिकाराम सोमै र महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ ।