सामाजिक सञ्जाल समूह “मोटे ग्याङ्ग नेपाल” “लकडाउन फोटो प्रतियोगिता” गर्दै


१७ बैशाख, सुर्खेत । सामाजिक सञ्जालमा पश्चिम नेपालमा चर्चित समूह ‘मोटे ग्याङ्ग नेपाल’ले कोरोना भाइरस (कोभिड-१९) को यो महामारीमा “लकडाउन विशेष फाेटाे प्रतियोगिता २०७७” सञ्चालन गर्ने भएको छ ।

समूहले यो लकडाउनको समयमा सबैजना आआफ्नाे परिवार संङ्ग सुरक्षित समय विताइ रहेको अवस्थालाई उजागर गर्नकालागि फोटो प्रतियोगिता गर्न लागेको समूहका एडमिन कुमार शम्सेर थापाले बताउनुभयो । प्रतियोगितमा भागलिनकालागि केही शर्तहरु रहेको जुन सहभागीले अनिवार्य पालना गर्नुपर्ने एडमिन थापाले भन्नुभयो ।

फोटो प्रतियोगितामा भाग लिने तरिका
१) पारिवारिक सफा फोटो पठाउनुहोस् ।
२) तस्बिर पठाउँदा नाम र ठेगाना सहित मोटे ग्याङ्ग नेपालको पेजको Message Box पठाउनुपर्नेछ  ।

३) सहभागीले मोटे ग्याङ्ग नेपालको पेज अनिवार्य रुपमा Like गर्नुपर्नेछ ।
४) अटो लाईक मान्य हुने छैन ।
५) फोटोमा धेरै भन्दा धेरै Mention, Share गर्न सक्नुहुने छ।
६) पेजमा अरुलाइ असर पर्ने किसिमको गतिविधि गर्न पाइने छैन ।
७ ) बिजेता Official पेजमा फोटोमा Likes को आधारमा हुनेछ,
८) नतिजा २०७७ बैशाख २७ गते हुनेछ, फोटो बैशाख २५ सम्म पठाई सक्नुपर्नेछ।