पलाँतामा खानेपानी समस्या रहँनै दिन्न – पालिका अध्यक्ष वम


२० साउन कालीकोट
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वम पलाती काञ्छा ले अब पलाँतामा खानेपानीको समस्या रहँनै नदिने प्रतिवद्धता गरेका छन्।हिजो शनिबार पलाँता गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको कार्यालय उद्घाटनसहितको उपभोक्ता भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष वमले सो प्रतिबद्धता गरेका हुन।

महासंघ कार्यालयले पनि पलाँताको खानेपानी समस्या हल गर्न अग्रगामी भुमिका खेल्नेछ भन्दै अध्यक्ष वमले खानेपानी र सरसफाइको क्षेत्रमा २० प्रतिशत बजेट बिनियोजन गरिनु पर्छ भनेर माग राखेकोमा पालिकाले माग राखे भन्दा बढी २३ प्रतिशत बजेट बिनियोजन गरि गाउँ पालिकामा खानेपानी समस्या रहन नदिन लागि परेको धारणा राख्नु भयो ।

महासंघ पलाताका अध्यक्ष छत्र बहादुर कार्की को अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा महासंघ पदाधिकारी र उपभोक्ता मात्र नभइ गाउँ पालिकामा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।महासंघ पलाताको महिनादिन अघि असार २२ गतेका दिन राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल,जिल्ला अध्यक्ष चित्रसिंह गाउँले,पालिका अध्यक्ष वम लगाएतको उपस्थितिमा अधिवेशन प्रक्रियाबाट शाखा गठन गरिएको महासंघका स्रोत व्यक्ति धिर भण्डारीले जनाए । महासंघको तर्फबाट तत्कालै उपभोक्ता समिति दर्ता प्रक्रिया,खानेपानी अवस्था मुल्यांकन,योजना अनुगमन जस्ता कार्य तिव्र रुपमा भैरहेको जनाइएको छ।