कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग


१७ श्रावण, सुर्खेत । यूवा व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गर्नुभएको छ । कठायतले कर्णाली प्रदेशका लागि सहयोग पठाउनुभएको ४० थान अक्सिजन कन्सनट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सनट्रेटर आइतवार कठायतका भाइ केशव मार्फत प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई हस्तान्तरण गरिएको हो ।

‘निर्देशक डाक्टर खड्काले भन्नुभयो ‘कठायत जी को सहयोग पनि प्रदेश अस्पतालको लागि अतुलनिय रहने छ । उहाँलाई अस्पतालको तर्फबाट धन्यवाद सुनाइदिनु होला,।’ कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका १ लुसाका स्थायी बासिन्दा समाजसेवी कठायतले कालिकोट जिल्ला अस्पताललाई १० थान जिल्लाकै शान्नि त्रिवेणी गाउँपालिकालाई ५ थान, रास्कोट नगरपालिकालाई ५ थान, र पचालझरना गाउँपालिकालाई ५ थान र सुदुरपश्चिम प्रदेशको लम्की चुवा नगरपालिकालाई १० थान अक्सिजन कन्सनट्रेटर सहयोग गर्नुभएको छ ।

अन्य सम्बन्धित स्थानीय तह र जिल्ला अस्पताल कालिकोटमा पनि अक्सिजन कन्सनट्रेटर केहीदिनमा पठाइने केशबले बताउनुभयो । कठायत व्यापारको सिलशिलामा चाइना गुन्जाओमा बस्दै आइरहनुभएको छ ।