
२१ साउन, काठमाडौं । ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।
कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरे ।
नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो । पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो ।
साभारः अनलाईनखबर ।



Milan Shrestha । २१ श्रावण २०७५, सोमबार ०४:५१ बजे