
मिलन श्रेष्ठ
सुर्खेत,२१ साउन । कर्णाली प्रदेशको राजधानि सुर्खेतमा यहि स्थीती रहिरहे अबका दिनमा बाख्रापालनका साथै खसीको मासु व्यवसाय नै धरापमा पर्ने कुरा एक कार्यक्रममा उपस्थित सहभागिहरुले जनाएका छन् ।
यूएसए आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकणमा संचालित कृषि, स्थास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम “पहल” अन्तर्गतका व्यवसायीक बाख्रापालन कृषकरु र जिल्ला स्थीत मासु व्यापारीहरु बिच सोमबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा पहल कार्यक्रम लागु भएको साविकका गाविसहरुका व्यवसायीक बाख्रापालन कृषक एवंम् जिल्लाका मासु व्यसायीहरुले उक्त कुरा बताएका हुन् ।
सुन्दरनेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको सभापतित्व तथा मर्सिकोर नेपालका केन्द्रिय कृषि व्यवस्थापक इशुशंकर श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न बाख्रापालन कृषक, मासु व्यासायी र एग्रोभेट बीच बजारीकरण सम्बन्धि परामर्श अन्तक्रिया कार्यक्रममा मासु, व्यसायी संघ सुर्खेतका सल्लाहकार टोपेन्द्र जंग शाहीका अनुशार व्यवसायीक कृषकरु र व्यवसायी बिचको प्रत्यक्ष सम्पर्क नहुदा जिल्लामा मासु व्यसाय संचालन गर्दे आईरहेका हामी जस्ता साना व्यवसायीहरु अन्य जिल्लाका ठुला व्यवसायीहरुको प्रत्यक्षमा पर्दे आईरहेको दुख व्यक्त गरे । शाहीले थपे सुर्खेत जिल्ला बाहेक काठमाण्डौमा ६ देखि ८ सय रुपैया र पोखरामा ८ देखि १ हजार रुपैया सम्म प्रति किलोमा खसीको मासु वितरण भईरहेको अवस्थामा आफूहरुले रु ६ सयमा मात्र मासु बिक्रि गर्दा घाटामा व्यवसाय संचालन गर्नु परिरहेको छ र अबको केहि दिन भित्र यर्थाशिघ्र मूल्य बृद्धि नभए व्यवसाय नै बन्द गरेर बस्नु पर्ने स्थीति आउने कुरामा जोड दिए ।

यसै गरी लेखपराजुलका व्यवसायीक बाख्रापालक दुश्मनकुमार शर्माले मासु व्यवसायी जस्तै आफूहरुले पनि व्यवसाय छाड्नु पर्ने स्थीति आईरहेको बताए , उनका अनुशार बजारमा बिक्रिका लागि ल्याईएका खसीहरुलाई मासु व्यवसायीहरुले ढांडमा छामेर खसीहरुको मूल्य निर्धारण गर्नुका साथै खसी–बोकाहरुको मूल्य तोकुवाको भरमा गर्न प्रक्रियाले गर्दा आफूहरुले चाहे बमोजिम बजार भाउ नपाईरहेको बताए ।

एक दिने अन्क्ररक्रिया कार्यक्रममा बोल्दै उधोग बाणिज्य संघ सुर्खेतका कार्यक्रम संयोजक गणेशकुमार कार्कीका अनुशार संघले किसान र कृषकहरुका साथै व्यवसायीहरु संग सहकार्य गरी संघको प्रत्यक्ष रोहरमा तरकारी, फलफूल एवंम् अन्य उत्पादन गरिएका बस्तुहरुको बिक्रि बितरण गरिरहेको हुनाले कृषकहरु ढुक्क भएर बस्तुहरु उत्पादन गर्नुका साथै व्यवसायीहरुले पनि ढुक्क भएर व्यापार व्यवसाय संचालन गर्न आग्रह समेत गर्नुभयो । उहांले बस्तुहरु उत्पादन देखि बिक्रि बितरण सम्म आफुहरुको संलग्नता हुने भएको हुदा अब बिचौलियाहरुले चलखेल गर्न नपाउने भन्दै ढुक्क रहन अनुरोध गर्नु भयो ।

कार्यक्रमका अतिथी एवंम् जिल्ला पशुसेवा कार्यालय सुर्खेतका पशु चिकित्सक नारायण न्यौपानेले, दुबै व्यवसायीहरुको समस्या समाधान गर्नका लागि बार्षिक रुपमा प्रत्येक बर्ष निती–नियमानुशार खसीहरुको बिक्रि मूल्य समायोजन गर्दे गएमा मात्र व्यवसायीक कृषकहरु र मासु व्यापारीहरुको समस्या समाधान हुन्छ अन्यर्था जिल्लामै स्थानिय खसी व्यवसायी नै धरापमा पर्ने बताउनु भयो ।

पहल परियोजनाका जिल्ला संयोजक भीमराज वास्तोलाले सहजीकरण गर्नु भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पशुपंक्षी औषधि व्यवसाय संघ सुर्खेतका अध्यक्ष डिल्लीप्रसाद पाण्डे, खसी मासु व्यवसायी संघ सुर्खेतका कोषाध्यक्ष लालबहादुर कुमाल लगाएतले मन्तव्य राखेका थिए ।
वीरेन्द्रनगर आयोजित पहल कार्यक्रमको अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागिहरुले लामो समय देखि समस्यका रुपमा रहेको बदशाला व्यवस्थापन का साथै खसी–बाख्राको हाटबजार संचालनका लागि पहल कार्यक्रमलाई समन्वनयकारी भुमिका निर्वाहका लागि अनुरोध समेत गरेका थिए ।



Milan Shrestha । २१ श्रावण २०७५, सोमबार १३:०९ बजे