सुर्खेत, २२ साउन ।
प्रशान्ती बृद्धाश्रममा बस्ने जेष्ठ नागरिकको हेरचाह, औषधी उपचारका लागि स्थापित अक्षय कोषमा रकम हस्तान्तरण गरिएको छ ।
रारा कर्णाली ट्रान्सपोर्ट प्रा.लि. सुर्खेतले मंगलबार एक कार्यक्रमवीच १३ हजार १ सय रकम हस्तान्तरण गर्नुका साथै फलफुल वितरण गरेको थियो । संस्थागत आजिवन सदस्यता वापत पहिलो किस्ताको रकम हस्तान्तरण गरिएको हो । बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको रारा कर्णाली ट्रान्सपोर्टका सञ्चालक तिलक प्रसाद रेग्मीले जानकारी दिए ।
मंगलबार एक कार्यक्रमवीच फलफुल वितरण तथा अक्षय कोषका लागि रकम बृद्धाश्रमका उपाध्यक्ष सितलसिं राठोर र कोषाध्यक्ष चेत अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।



Milan Shrestha । २२ श्रावण २०७५, मंगलवार १३:०२ बजे