सुर्खेत अदालतका न्यायाधिस पौडललाई वार एशोसियनद्धारा विदाई


सुर्खेत २२ साउन । जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधिश मेदिनीप्रसाद पौडेलको विदाई गरिएको छ । सुर्खेतस्थित उच्च तथा जिल्ला वार एशोसियसनका पदाधिकारीहरुले काठमाडौं जिल्ला अदालत सरुवा भएका जिल्ला न्यायाधिस पौडेलको मंगलबार(आज) विदाई गरेका हुन् ।
विदाई कार्यक्रमलाई सम्बोन्धन गर्दै न्यायाधिस पौडेलले सुर्खेत राम्रो र सभ्य ठाउँ भएको बताएका थिए । आफ्नो कार्यकालमा अदालतको कामलाई प्रभावकारी बनाएर मुद्दा फैसला दरलाई प्रभावकारी बनाएको पनि उनले जानकारी दिए । सुर्खेतमा सात महिनाको अवधिमा बस्दा सबै पक्षको साथ र समर्थनले काम गर्ने अवसर सिर्जना गरिदिएकोमा पौडेलले धन्यवाद दिए ।

सात महिना अघि सुर्खेत आएका पौडेल काठमाडौं जिल्ला अदालतमा सरुवा भएका छन् । उनको ठाउँमा जिल्ला न्यायाधिस धुव्रकुमार शाहले जिम्मेवारी पाएका छन् । शाह सुर्खेत अदालतमै न्यायाधिस थिए ।

दुई जना न्यायाधिसको दरवन्दी रहेको सुर्खेत अदालतमा प्रल्हाद सुवेदी सर्वोच्च अदालत काठमाडौंबाट सरुवा भएर केही दिनमा हाजिर हुँदैछन् ।

विदाई कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रत्नप्रकाश गिरी, उच्च आदालत वार एशोसियशनका अध्यक्ष उत्तमप्रसाद आचार्य, जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष नन्दबहादुर भण्डारी, सचिव रामबाबु विसी, वरिष्ठ अधिकवक्ता भुषणकुमार मानन्धर, जिल्ला वार र उच्च वारका पदाधिकारीहरुले न्यायाधिस पौडललाई विदाई गरेका थिए ।
ुसाभारः नेपालगाथा ।