२४ औं बिश्व आदिवासी दिवसमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तालाई सम्मान


कर्णाली प्रदेशका माननीय उपसभामुख पुष्पा घर्ती मगरबाट सम्मानित हुदै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर ।

मिलन श्रेष्ठ ।

सुर्खेत २४ साउन । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तालाई आज (बिहिबार) वीेरेन्द्रनगरमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
“अधिकार प्रतिनिधित्व स्वायत्त, स्वशासनका लागि आदिवासी जनजातीको अडान ।
मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान ।।”
भन्ने मुल नाराका साथ बिश्व व्यापी रुपमा मनाईएको २४औं बिश्व आदिवासी दिवस २०७५ सालको अवसरमा बिधाभूषण मानन्धरलाई सम्मान गरिएको थियो ।

सुर्खेत जिल्लाको खुल्ला मञ्चमा आयोजित जनजातीहरुको बिशेष कार्यक्रम २४औं बिश्व आदिवासी दिवसको अवसर पारी कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय उपसभामुख पुष्पा घर्ती मगरले उहांलाई दोसल्ला सहित प्रमाण पत्रबाट सम्मानित गर्नुभएको हो ।

कर्णाली प्रदेशका माननीय उपसभामुख पुष्पा घर्ती मगरबाट सम्मानित हुदै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर ।

गत चैत्र २८ गतेका दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसबाट नियुक्त हुनभएको मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले सोहि दिन प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष सुर्खेतका मुख्यन्यायधिस हरि पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा नवनियुक्त मुख्यन्याधिवक्ता मानन्धरले राज्यले प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार जिम्मेवारी आफ्नो काँधमा दिएकोले अब आफुले प्रदेश सरकारलाई आइपर्ने कानुनी र संवैधानिक जटिलताहरुलाई सहजिकरण गर्ने बताउनुभयो ।