विभिन्न कार्यक्रम सहित २४औं आदिवासी दिवस सम्पन्न (फोटो फिचर सहित)


सुर्खेत, २४ साउन । सुर्खेतमा पनि २४औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । दिवसको दिन आज बिहान स्थानिय मंगलगढी चौकमा रक्तदान कार्यक्रम गरिएको थियो । २४औँ विश्व आदिवासी दिवस बिहान गरिएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन गएिको थियो भने , विभिन्न जातिगत भेषा–भुषा, सांस्कृति, पहिरन सहित बिहान स्थानिय मंगलगढी चौकबाटै शुरु गरेको र्यालीले वीरेन्द्रचौक, बुद्धपथ हुदै जिल्ला समन्वयन समितीको अगाडि खुल्ला मञ्चमा पुगि कार्यक्रम संचालन भएको थियो ।

सुर्खेतको खुल्ला मञ्चमा विभिन्न किसिमका १३ जात–जातिका सांस्कृतिक नाच, गान र भेषाभूषा सहित दिवस मनाइएको हो । ‘अधिकार प्रतिनिधित्व स्वायत्ता, स्वशासनका लागि आदिवासी जनजातिको अडान, ‘मानव पहिचान सहितको संघीयताका लागि संविधान संसोधन हाम्रो साँझा अभियान’ भन्ने मुल नारा सहित दिवस मनाइएको हो ।

कार्यक्रममा विभिन्न आदिवासी महासंघका प्रतिनिधिहरु सहित कर्णाली प्रदेशका माननिय उपसभामुख पुष्पा घर्तीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उपसभामुख घर्तीले आदिवासीहरु विभिन्न परिस्थिति झेल्दै यहाँसम्म आएको अवस्थामा आफ्ना मागहरु पूरा गर्न निरन्तर लाग्न आग्रह गरिन् । आदिवासी जनजातिहरुले आफ्नो भाषा, संस्कृति रितिरिवाजहरु जोगाउनको लागि सधै लागिरहनु पर्नेमा उनले जोड दिईन् । नेपाल आदिवासी महासंघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा सुर्खेत जिल्ला लगायत अन्य जिल्लाका विभिन्न आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।