कोरोना विरुद्धको अभियानमा लायन्स क्लब



१४ चैत्र, सुर्खेत । लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि स्वास्थ्यकर्मीलाई ३० वटा पि.पि.ई सेट हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यकर्मीहरुले विरामी चेकजाँच गर्दा लागाउने करिब ३० हजार बराबरको पर्सनल प्रोटेक्टिप इकुपमेन्ट PPI सेट भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखालाई प्रदान गरिएको क्लवका सचिव भरत देवकोटाले बताउनुभयो ।

पि.पि.ई सेट हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पतालका डा. नवराज केसी, भेरीगंगा स्वास्थ्य शाखाका प्रमुख राजेश बुढा, क्लवका पूर्व अध्यक्ष छविलाल आचार्य द्वितीय उपाध्यक्ष प्रेमकुमार बिसी, लगायतको सहभागीता थियो ।