१९ वैशाख, काठमाडौं । नेपाल आयल निगमले शुक्रवार राती १२ बजेबाट लागुहुने गरि पेट्रोल र डिजेलमा मूल्य बृद्धि गरेको छ ।
निगमले पेट्रोलमा १ रुपैया ५० पैसा तथा डिजेल र मट्टीतेलमा १/१ रुपैया मूल्यबृद्धि गरेको छ भने हवाई इन्धनर खाना पकाउने एलपी ग्यास मूल्य यथावत नै राखेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।
अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य बृद्धि भएपछि मूल्यबृद्धि गर्नुपरेको प्रवक्ता गोइतले भन्नुभयो ।



Milan Shrestha । १९ बैशाख २०७६, बिहीबार २०:५७ बजे