
पवन जायसवाल
नेपालगन्ज (बाँके) । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राङ्गण भित्र रहेको बच्चा वार्डको अगाडी कृतिम खेल क्षेत्र निर्माणका लागी आवश्यक सामानहरु हस्तान्तरण गरिएको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कोहलपुर शाखाको आर्थिक सहयोगमा उक्त कृतिम खेल क्षेत्रको निर्माणका लागी क्यान्सर वार्डमा उपचार्थ बालबालिकाहरुको लागी आवश्यक सामानहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका वरिष्ठ बालरोग क्यान्सर बिशेषज्ञ डा. सुवास मेहताले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बाल रक्त तथा क्यान्सर वार्डमा उपचार्थ बालबालिकाहरु प्रया जस्तो लामो समय सम्म अस्पतालमा बस्नु पर्ने अवस्था रहन्छ बिशेष गरी रक्त रोगका कारण उनीहरु धेरै जसो समय वार्ड भित्र सिमित रहन बाध्य हुन्छन् जसले गर्दा उनीहरुको शारीरिक मानसिक तथा भावनात्मक बिकासमा असर पर्न सक्छ । बालबालिकाको मनोबल अभिबृद्धि गर्न उपचार प्रति सकारात्मक सोंच बिकास गर्न तथा उनीहरुको केही समय मनोरञ्जनात्मक तथा शारीरिक गतिबिधिमा संलग्न गराउन वार्ड अगाडी सानो कृतिम खेल क्षेत्र निर्माण गरिएको बताउनु भएको छ ।
उक्त कार्यक्रममा सिटिजन्स इन्टरनेशनल बैंक लि. कोहलपुरका शाखा प्रमुख दिनेश ढुंगाना, प्रदेश कार्यालयबाट प्रकाश गौतम, अस्पतालका कार्यालय प्रमुख डा.निरज भट्टराई, नाक कान, घाँटी रोग बिशेषज्ञ डा. रबि स्वाँर, डा.बिवेक पौड्याल, परोपकार मिसनका अध्यक्ष महेन्द्र मल्ल, अस्पताल भित्र सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी वार्डका कर्मचारी र बिरामीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । ३० असार २०८३, मंगलवार १७:०१ बजे