पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा शाही चयन


फोटोः कर्णाली पोष्ट डेली

२९ श्रावण, जुम्ला । पत्रकारहरुको एक भेला आज नेत्र बहादुर शाहिको नेतृत्वमा नेपाल पर्यटन पत्रकार संघ जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा गोल्डेन बुढा, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने चयन हुनु भएको छ ।

त्यस्तै सचिवमा सागर परियार, कोषाध्यक्षमा शान्तीमाया खत्री र सह सचिवमा शुभाकर विश्वकर्मा लगायत १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

भेला संघको सल्लाहकार समितिमा नरेन्द्रनाथ योगी, बरम महत, नौरेते नेपाली गिता शाहि महतर मानदत्त रावल चयन गरेको छ ।

नेपाल पर्यटन पत्रकार संघ कर्णालीका महिला उपाध्यक्ष दिलमाया शाहिको अध्यक्षता तथा पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्रनाथ योगीले कर्णालीका पर्यटन सम्भावनाहरु प्रचार प्रसारको अभावमा ओजेलमा परेको बताउँदै समग्र कर्णाली लाई चिनाउन पर्यटन क्षेत्रको विकासकालागि नेपाल पर्यटन पत्रकार संघ जुम्लाले जिम्मेवारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पर्यटन पत्रकार संघ कर्णाली प्रदेश महिला उपाध्यक्ष दिलमाया शाहीले कर्णाली पर्यटन सम्भावनालाई उजागर गर्न तथा आर्थिक विकासमा टेवा पुराउनका लागि प्रदेश तथा केन्द्रले विशेष प्रथामिकता दिने बताउनुभयो ।