कृष्णराज धमाला
श्राबण ३१, सुर्खेत ।
तत्कालीन जनयुद्धमा शोषित, पीडित जनताको मुक्तिको शंखघोष गर्दै युद्धमा होमीएका एक सिपाही यतिबेला अस्पतालको शैयामा मृत्यूसँग लुकामारी खेल्दा पनि सहयोद्धा, सहपाठीबाट बहिष्कृत भएको गुनासो छ उनमा ।
कालीकोट जिल्लाको रास्कोट नगारपालिका वडा नं. ३ निवासी नन्दलाल योगी गुणनिधि ले अरुको पीडामा मलम लगाए पनि उनको पीडामा मलम लगाउने कोही भेटिएको छैन । २०३८ सालमा स्थायी शिक्षक पेशामा प्रबेश गरेका योगीका तिन भाई नन्दलाल सहित प्रदिपनाथ र बिश्वनाथ पनि शिक्षक नै हुन्, र तिनै जना २०५२ सालबाट सुरुभएको जनयुद्धलाई मुक्तिको यात्रा मानेर होमीए तिनैजना भाई स्थायी जागिरी छोडेर ।
उनका बुवाको नाम पनि सम्पतिनाथ, तिनवटै छोरा जागिरे साँच्चै नाम राख्न पनि जानेका रैछन्, उनको घरमा सम्पति सम्पति मात्रै भित्रिने भयो, कक्तिले डाहा गर्थे त कत्तिले आश भरोसा पनि ।
यो उत्साहले निरन्तरता पाउन सकेन उनिहरु युद्धमा होमीएपछि उनको सबै परीवार र सम्पति पनि पार्टीकरण गरे, यही क्रममा नन्दलालकी छोरी राधिकाले युद्धमै खिमडी भन्ने ठाउँमा शहादत प्राप्त गरिन् भने बिश्वनाथले पनि कालीकोटकै फूकोटमा शहादत प्राप्त गरे । परिवारका दुई सदस्यको शहादत भयो, सम्पति पार्टीकरण भयो, देशमा भएको शान्ति प्रक्रियासँग पार्टीका नेता, कार्यकर्ताहरु आआफ्नो दुनो सोझ्याउन तिर लागे तर सम्पतिका छोरा नन्दलालको पीडाको जीवनको थालनी भयो ।
सम्पति पनि छैन, जागिर पनि छैन । उनको आर्थिक अबस्था दिनप्रतिदिन जसरी कमजोर बन्दै गयो त्यहि मौका छोपेर रोगले पनि आक्रमण गर्यो नन्दलाललाई । जिब्रोमा क्यान्सर भएपछि उनको भरतपुर अस्पताल चितवनमा उपचार गराउँदा गराउँदा १३ लाख रकम खर्च भैसकेको छ । न रोग सञ्चो भएको छ न आर्थिक नै बाँकी रहेको छ । बचेखुचेको बिक्रि गरेर र ऋण गरेर यत्ति उपचार गर्न सकियो, सहयोगी हातहरु केही छैनन्, अब थप उपचार गर्न पनि नसकिने भएको छ, उनका आफन्त दुखेसो ब्यक्त गर्छन् ।
थप उपचारका लागि खर्च छैन, सञ्चो पनि कसरी हुनु । ४ दिनदेखि मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा उनलाई राखिएको छ । क्यान्सर, सुगर र निमोनियाँ बाट ग्रसित योगीको उपचारमा कसैले हात फिजाउन सकेकाछैनन् ।
देश र जनताको मुक्ति बाहेक अरु सबै भ्रम हो भन्दै मुक्तिको आन्दालनमा होमीएका योगीले परिवारका सदस्य मात्रै गुमाएनन्, जीवनको उर्जाशिल समय पनि गुमाए तर आज उनलाई परेको पीडाको मुक्तिका लागि न सहयात्रिले साथ दिएकाछन्, न पार्टीले दिएको छ ।
हुनेहरुका लागि सबैले दिन्छन्, नहुनेका लागि कोही केही दिदैन भने झैं नन्दलाललाई यस्तै भएको छ । बिगतको बलिदानीको न वास्ता छ, न भरोसा मात्र वेवास्ता । गुणनिधिले युद्ध, आन्दोलन र जनताकालागि लगाएको गुणको साँटो तिरस्कार बाहेक केही पाउन सकेनन् ।
उनि भन्छन् मुक्ति या मृत्यूको लडाईमा परिवारका सदस्यहरुले शहादत प्राप्त गरे, मैले गर्बको महशुस गरे, तर त्यही युद्धमा म पनि समाप्त हुनु पर्ने ? यो कहाली लाग्दो अबस्था त आफैले भोग्नु पर्दैनथ्यो ? मेरो लगानीमा ममाम मानिसहरुले मोज गरीरहेकाछन् तर म अस्पतालको शैयामा ……………………….।
नन्दलालका आफन्तले भने कोही सहयोगी मनहरुलाई केहि आर्थिक सहयोग गरीदिन पनि आग्रह गरेका छन् ।



Milan Shrestha । ३१ श्रावण २०७५, बिहीबार ०५:५९ बजे