
मिलन श्रेष्ठ
मंसिर,१५ सुर्खेत । एकका लागी सबै र सबैका लागी एक भन्ने उद्धेश्यका साथ उपकार बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं बार्षिक साधारण सभा शनिवार(आज) वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवंम् राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहालले राज्यले सहकारी कर्मिहरुलाई झुक्काएकोमा आपत्ति व्यक्त गर्नु भएको छ, उपकार बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं बार्षिक साधारण सभामा उहांले यस्तो कुरा बताउनु भएको हो । दाहालका अनुशार राज्यले सहकारीलाई ५ प्रतिशत मात्र कर उदघोष गरेता पनि कार्यन्यवन नल्याउनु र कर कार्यालयमा कर तिर्न जांँदा सिधै २० प्रतिशतका दरले कर लिदा सहकारी कर्मिहरु प्रत्येक्ष मारमा परेका छन्, उहांले थप्नु भयो एकातिर सहरकाले तिन खम्बे निती अन्तर्गत सहकारीलाई प्राथिमकता दिने भनेको छ भने अर्काे तर्फ २० प्रतिशत कर लिएर ढांड सेक्ने काम गरिरहेको छ, यो के नितीहो ।
यस्तै कार्यक्रमका अतिथी राष्ट्रिय सहकारी बैंक शाखा सुर्खेतका प्रबन्धक सागरनाथ योगीले गरे के हुदैन भन्ने उदाहरणको रुपमा उपकार बहुउद्देश्यीय सहकारी संस्थाले गरेको हुदा सहकारी संचालन गरेर सदस्यका बचत मात्र संकलन गर्ने कार्य भन्दा पनि सहकारीहरुले उदाहरणिय कार्य गर्न आग्रह पनि गर्नु भयो, योगीका अनुसार जिल्लामा उपकार बहुउद्देश्यीय सहकारी संस्थाले राम्रो कारोवार गरि सम्मानित भएको हुदा यसै गरी सहकारीले निती नियम अनुसार कार्य गर्दे गएमा सहकारी बैंकबाट निशुल्क प्रदान गर्ने कर्जाका लागी पहल गर्ने समेत बताउनु भयो ।
सहकारीका अध्यक्ष बिष्णु बिक्रम जिसीको सभापतित्वमा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघका सचिव रबिन्द्र शाह, सुन्दर नेपाल संस्था अन्तर्गत हेफर परियोजनाका कार्यक्रम संयोजक पदम बहादुर दलामी, शिबबिहार बचत तथा ऋण सहकारी संस्थाका सदस्य बालकृष्ण श्रेष्ठ, साना किसान कृषि सहकारी संस्था लाटीकोईलीका अध्यक्ष नरेन्द्र नाथ योगी एवंम् प्रबन्धक माया श्रेष्ठको आथित्यमा सम्पन्न साधारण सभामा सचिव यज्ञप्रसाद आचार्यले प्रगति प्रवितदेन पेश गर्नु भएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष हरिजंग शाहले आर्थिक बर्ष २०७४÷२०७५ सालको रु ७ करोड ३७ लाख ७६ हजार २ सय ७३ रुपैयाको आर्थिक प्रतिवेदन सहित आगामी बर्ष २०७५÷२०७६ का लागी रु ९ करोड ४१ लाख १३ हजार २ सय ५२ को कारोवार गरी रु २१ लाख बराबरको मुनाफा सहित को प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका बृद्ध शेयर सदस्य, सबै भन्दा बढी शेयर खरिद गर्ने शेयर सदस्य, असल बचत कर्ता, असल ऋणी, बाल बचतकर्ता तथा संस्थामा कार्यरत कर्मचारी युवराज रजालीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने आज सम्पन्न चुनावी साधारण सभाबाट बिष्णु बिक्रम जि.सी.को अध्यक्षतामा ८ सदस्यीय कार्य समिती चयन भएको छ जसको उपाध्यक्षमा शशिप्रसाद आचार्य, सचिवमा यज्ञप्रसाद आचार्य,कोषाध्यक्षमा हरिजंग शाह, सदस्यहरुमा त्रिभुवन वि.सी, रत्ना आचार्य, मोती शाही, भिमा थापा, महेन्द्र प्रसाद शर्मा चयन हुनु भएको छ भने, लेखा समितीको संयोजकमा मोहनराज भट्ट, सदस्यमा चक्र गौतम यसै गरी शिक्षा उप–समितीको संयोजकमा पदमबहादु दलामी सदस्यमा जसवीर रोका चयन हुनु भएको सभामा लेखा सुपरिवेक्षण समिती संयोजक मिलन श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
उपकार बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष जि.सी.लाई सभाले पुन बिष्णु बिक्रम जिसीलाई सर्व सम्मत चयन गरेको छ ।



Milan Shrestha । १५ मंसिर २०७५, शनिबार ०७:४४ बजे