१ भाद्र, सुर्खेत । सुर्खेतमा नयाँ यातायात कम्पनी हिल्सा पब्लिक यातायात प्रा.लि.ले आजबाट आफ्नो सेवा शुभारम्भ गरेको छ ।
हिल्साले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नेपालगंज, दैलेख, कालिकोट, जुम्ला, मुगु, धनगढी, दाङ्ग लगाएतका स्थानमा सेवा शुरु गरेको प्रा.लि.का अध्यक्ष नयानन्द आचार्यले बताउनुभयो ।
२ करोड शेयर पुजीमा ४६ वटा बस तथा माइक्रोबाट हिल्साले आफ्नो सेवा शुरु र केही दिन भित्रै सुर्खेत काठ्माडौं-सुर्खेत र दैलेख-काठ्माडौं एयर सस्पेन्सन बसद्वारा सेवा दिने प्रा.लि.का सचिव जीवन शर्माले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले रिवन काटेर हिल्साको सेवा शुभारम्भ गर्नुभएको कार्यक्रममा तत्कालिन एमाले जिल्लाकमिटी सदस्य ऋृषि गिरी, देउती नागरिक यातायात प्रा.लिका अध्यक्ष कमल खड्का (जुनी) जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर श्रेष्ठ लगाएतले हिल्सालाई सेवा शुभारम्भ गरेकोमा शुभकामना दिनुभएको थियो ।




Milan Shrestha । १ भाद्र २०७५, शुक्रबार १४:४८ बजे