कर्वड हल बनाउनकालागि धार्मिक महोत्सव हुने


सुर्खेत, ६ असार । सुर्खेतको वीरेन्द्रनगरमा सुविधा सम्पन्न वहुउदेशिय कवर्ड हल वनाउनको लागि धार्मिक महोत्सव हुने भएको छ । कवर्ड हल वनाउन रकम संकलन गर्नको लागि जिल्ला व्याडमिन्टन संघ सुर्खेतले आगामी कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म मध्यपश्चिम धार्मिक महोत्सव गर्न लागिएको हो ।

आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मुल समितिले धार्मिक महोत्सव गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सव आयोजक मुल समितिका संयोजक चेतवहादुर अधिकारीले महोत्सवमा करिव ५ करोड रुपैया संकलन हुने अपेक्षा राखिएको वताउनु भयो ।

आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी वनाउन लागिएको कवर्ड हलमा करिव ५ हजार दर्शक अटने उहाँले वताउनु भयो । कवर्ड निमार्ण गर्नको लागि आर्थिक सहयोग गर्न चाहाने व्यक्तिले सिटिजन वैकमा रहेको खाता नम्वर ०३३१८० SA मा रकम जम्मा गर्न सक्ने महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

उहाँले व्यडमिन्टन खेलाडी लगायतवाट विभिन्न व्यक्तिवाट अहिलेसम्म १ लाख १३ हजार रुपैया जम्मा भएको समेत बताउनु भयो । धार्मिक महोत्सवमा गोविन्द शरण महाराज र पुन्य मिरादिदीले कथा वाचन गर्नु हुने वताएको छ ।

साभारः राराखबर अनलाइन