लाटिकोइलीमा क्वारेन्टाइन शुरु


क्वारेन्टाइनमा स्वास्थ्य बारे सोधपूछ गर्दै स्वास्थ्यकर्मी

२२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक कोभिड-१९को रोकथाम तथा नियन्त्रणकाकालागि देशमा विभिन्न स्थानीय निकायहरुले यतिवेला क्वारेन्टाइन बनाइन रहेको वेला वीरेन्द्रनगर सुर्खेतमा पनि नगरपालिकाले उपत्यका भित्रका सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाउन शुरु गरे संगै वीरेन्द्रनगर ९ लाटीकोइलीमा रहेको शिव माध्यमिक विद्यालयमा पनि क्वारेन्टाइन शुरु गरिएको छ ।

क्वारेन्टाइनकालागि हामीले सबै तयारी पुरा गरेपछि हिजो २१ गते रातीबाट क्वारेन्टाइनमा नागरिक बस्न शुरु भएको वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो “हामी क्वारेन्टाइनलाई व्यवस्थित बनाउन लागि परेका छौ कहीकतै चुकेको भए औल्याइदिन स्थानीयलाई म अनुरोध गर्दछु । साथै लाटीकोइलीमा रहेको अस्थायी प्रहरी विटले क्वारेन्टाइनको सुरक्षा गर्ने छ ।

वडा अध्यक्ष मानन्धर भन्नुहुन्छ “क्वारेन्टाइनमा पहिलो चरणमा ६८ जना हुनुहुन्छ साथै क्वारेन्टाइनमा बस्नेहरुकालागि इन्टरनेट, योग तथा नियमित स्वास्थ्य चेकजाँच गरिने पनि व्यवस्था गरेको छु ।

क्वारेन्टाइनमा रहेका वीरेन्द्रनगरका विभिन्न वडाका नागरिकहरु
सुरक्षाका विषयमा छलफल गर्दै वडा अध्यक्ष मानन्धर