आईएमई लाईफको वार्षिक उत्सव


भदौं १, सुर्खेत ।आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ ।

कम्पनीले शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी आफ्ना वर्षभरी गरेका विभिन्न गतिविधिहरु सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीले दिएको लक्ष्य प्राप्त गर्ने एजेन्सी म्यानेजर, टीम म्यानेजर र सफल अभिकर्ताहरु सम्मान तथा बधाई प्रदान गरिएको थियो । सम्मानित एजेन्सी म्यानेजर तथा टीम म्यानेजरहरुले आफुहरु सम्मानित हुन पाउँदा काम गर्ने थप जोस र जाँगर बढेको अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा कम्पनीका सुर्खेत शाखा प्रबन्धक गोपालप्रसाद जैसीले जिल्लामा कम्पनीद्वारा वर्षभरी गरिएका प्रगति विवरण सार्वजनिक गर्दै आगामी दिनहरुमा थप लगन र उत्साहका साथ कम्पनीका लागि मिलेर अगाडि बढ्ने धारणा व्यक्त गरे ।