
१७ चैत्र, ललितपुर / “झी नेवा: छप्प: छधी जुईनु” मूल नाराका साथ आज ७औं “हलिं नेवा: दिँ” र “नेवा: देय् दबू” महालक्ष्मी नगर कचा:को चौथो बार्षिकोत्सव ललितपूरको गोदावरीमा एक “गुँ-भ्वय्”को आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यतामा नेवा: देय् दबूका केन्द्रीय अध्यक्ष पबित्रा बज्राचार्य प्रमुख अतिथि र अतिथिहरूमा क्रमशः नेवा: देय् दबू स्वनिग: बिदेश प्रदेश सचिवालय सदस्य तथा महालक्ष्मी नगर कचा:का कानूनी सल्लाहकार अधिवक्ता नरेश श्रेष्ठ,नेवा: देय् दबू ललितपुर जिल्लाध्यक्ष रबिन्द्र शाक्य,नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का सल्लाहकार श्रीरूप रत्न शाक्य,थसि बृध्दबृध्दाहरूलाई भाेजन दान गर्दै आउनु भएका चन्द्रबहादुर/सुभद्रा श्रेष्ठ,थसिमा रहेकाे “पुुखु,फल्चा, देग:छेँ” निर्माणमा श्रमदान गर्नुहुने रबिन्द्रप्रसाद नेमकूल,महिला नेतृ रामदेवी महर्जन र समाजसेवी रबिन शाक्यको सहभागिता रहेको थियो ।
साे विशेष “गुँ-भ्वय्”मा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सभाध्यक्ष बिजय कुमार श्रेष्ठ र बिशेष अतिथि नेवा: देय् दबू बागमती स्वनिग: बिदेश प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जनले संयुक्तरूपमा “हना-पाै” प्रदान गरि सम्मान गर्नुभएको कार्यक्रममा बाल “लाखे” समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमकाे सहजीकरण मनाेज महर्जनले गर्नुभएको थियो ।
Prawash Kumar Shakya । १७ चैत्र २०८०, शनिबार २१:२७ बजे