
भनिन्छ नी मानिसमा इच्छा शक्ति भयो भने सबैकुरा गर्न सक्छ । यस्तै इच्छाशक्ति लिएर नृत्य प्रतियोगितामा आउँदैहुनुहुन्छ २९ बर्षिय दृष्टीविहिन श्रृष्टी केसी ।
श्रृष्टी एक यस्तो नारी हुनुहुन्छ जस्ले यो संसारलाई केही बर्ष नियाले पछि संधैकालागि त्यो संसार नियालिरहने मौकाबाट हार्नु परेको छ । १४ बर्षको उमेर देखि विस्तारै आँखाको ज्योति गुमाउँदै जानुभएकी श्रृष्टीले १६ बर्षको उमेरमा आइपुग्दा भने पूर्णरुपमा आँखाको ज्योति गुमाउनु भएको हो ।

आँखामा एलर्जी भएपछिको उपचारले गर्दा ज्योति गुमाएको श्रृष्टी बताउनुहुन्छ । “मैले २ बर्षमा आँखाको ज्योति पूर्णरुपमा जान्छ भन्ने थाहापाएपछि १ बर्ष सम्म उपचारमा लागे अनी बाँकी रहेको १ बर्षमा मैले आफ्नो आत्मविश्वास जगाएर आज यो समयमा छु ।” श्रृष्टी भन्नुहुन्छ ।
श्रृष्टीमा आँखाको ज्योती नगुम्ने वेलादेखिको नृत्य गर्न खुब रुची रहेको बताउनुहुन्छ । श्रृष्टी दृष्टीविहिन भएपछि पनि नृत्य सिक्नलाई धेरै ठाँउ चाहर्नुभयो तर उहाँलाई जस्ले पनि नृत्य भन्दा बरु गायनमा लाग्न सजिलो हुने धेरैले सुझाव दिए । तर श्रृष्टीको मनले नमानेर र नृत्यमा नै लाग्ने अठोट लिनुभयो ।

श्रृष्टीले आफुले देख्ने वेला गरेको नृत्यको स्टेपहरुलाई ब्लाइण्ड रक्स नामक संस्था खोलेर अन्य दृष्टीविहिनहरुलाई नृत्य सिकाइरहनु भएको छ । यसैवीच श्रृष्टीले हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी साे “डान्सिङ्ग विथ स्टार नेपाल”मा भाग लिनुभएको छ ।
यो कार्यक्रममा श्रृष्टीलाई साथ दिँदै हुनुहुन्छ सुर्खेती यूवा नृत्य निर्देशक केशव थापाले र साथमा शेखर घर्तीमगरले । श्रृष्टी भन्नुहुन्छ “म जस्तो अरुपनि थुप्रै श्रृष्टीहरु छन् त्यसैले अब हजारौं केशब थापा जन्मियून ताकि नृत्य गर्न चाहने दृष्टीविहिनहरुले नृत्य गर्न सकुन ।”

केशव भन्नुहुन्छ “श्रृष्टीको आत्मविश्वासलाई म सलाम गर्दै भरमग्दुर प्रयास गरेको छु श्रृष्टी नृत्यमा निखार ल्याउन कोसिस गरिरहेको छु म श्रृष्टी जस्तो आत्मविश्वास भएको हजारौ श्रृष्टी जन्माउने प्रयास गर्दैछु ।”
आउनुस तपाई हामी पनि श्रृष्टीको यो आत्मविश्वासलाई साथ दिऔं । अनी कर्णालीका केशव थापालाई पनि सलाम जस्ले हजारौं श्रृष्टी जन्माउने प्रण गर्नुभएको छ ।




Prawash Kumar Shakya । ५ भाद्र २०७७, शुक्रबार २१:३७ बजे