
३० असोज, सुर्खेत । देशमा बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको स्थितिमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक समूहले प्रदर्शन गरेकाछन् ।
प्रदर्शनकारीहरुले वीरेन्द्रनगरको मंगलगढी चोकमा पीडितको न्यायका लागी कालो लुगा र आखा छोप्ने गरी कालो पट्टी बाँधेर महिलाहरुले प्रर्दशन गरेका छन् । प्रदर्शनकारीहरुले पुरै कालो पहिरनमा अनी हातमा ‘No Means No, Stop Rape, My Dress Does not Means Yes’ लगाएतका प्लेकार्डहरु बोकेका थिए ।
देशमा दिनप्रतिदिन बढ्दै गइरहेको बलात्कारका घटनाहरुले आफूहरु सुरक्षित नरहेकोले यस कार्यक्रममा सहभागी भएको सुर्खेत महिला जेसीज बर्ष २०२० का महासचिव मनिषा कौशलले बताउनुभयो ।
कार्यक्रममा युथ एण्ड लिगल एडभोकेसीका संगिता खड्काले प्रश्न गर्नुभयो “यहाँ बलात्कारका घटना हुन्छ अनी प्रतिवेदन आउँछ छोटो कपडा लगाएको कारणले घटना घट्यो यस्तो पनि कुनै कारण हुन्छ ?”Sउहाँले भन्नुभयो “यदी सरकार सुरक्षाको ग्यारेण्टी दिन्छ सम्पूर्ण नारी कुर्था लगाउन तयार भएको छौं । के यस्ले घटना हुँदैन भनेर सरकारले भन्न सक्छ ?” विधीको शासन खोज्छौं हामी खै कहाँ छ विधी शासन? अनी भन्छौ फाँसी दिनुपर्छ । के फाँसी नै समस्याको समाधान हो त? भएको कानुनको सही रुपमा परिमार्जित अघी बढाउने हो भने आधा भन्दा धेरै अपराध कम हुने खड्काले जिकिर गर्नुभयो ।
कार्यक्रममा सुर्खेत महिला जेसीज, लायन्स क्लब, परिवर्तन युवा समूह तथा मोटे ग्याङ्ग नेपाल लगाएको सहभागिता थियो ।



Prawash Kumar Shakya । ३० आश्विन २०७७, शुक्रबार १७:१७ बजे