
१० पौष, सुर्खेत । बौद्ध यूवा क्लब र द ओडसी विद्यार्थी संघ सुर्खेतले संयूक्त रुपमा आज काँक्रेविहारमा सरसफाई गरेको छ ।
काँक्रेविहार परिसरमा अहिलेको समयमा बनभोज खानेहरुको भिड्भाड हुने र त्यसबाट उत्पादित फोहोरहरु जथाभावी फालिएको अवस्थालाई मध्यनजर गर्दै सरसफाई गरिएको आयोजकले जनाएको छ ।
तिहार पछि विषेश गरेर काँक्रेविहारमा वनभोज खानेहरुको अत्याधिक भिड हुने र त्यसबाट उत्पादिप फोहोरहरु जथाभावी फालिएको अवस्थालाई हामीले काँक्रेविहार सफ राख्नुपर्छ भनेर सरसफाई कार्यक्रमको आयोजना गरेका हौ । क्लबका गणेश गुरुङ्गले भन्नुभयो । हामी आग्रह गर्छौ काँक्रेविहारमा आउने जति सबैले काँक्रेविहार परिसरमा फोहोर नगरिदिनुहोला ।



Prawash Kumar Shakya । १० पुष २०७९, आईतवार २२:२० बजे