भाद्र ९, सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिवार बिहान सडकको फोहोर सोर्नु भएको छ । हातमा बिल्चा लिएर एकाबिहानै टीसर्ट, ट्राउजर र स्पोर्ट जुत्तामा अंगरक्षक सहित मुख्यमन्त्री शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घण्टाघर चोकमा गई फोहोर सोर्नुभएको हो ।
मुख्यमन्त्री शाही सँगै प्रदेश सरकारकी प्रवक्ता तथा भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी सहित बिल्चाले फोहोरको थुप्रो सफा गर्न लागिपरे ।
नगरको सरसफाइका निम्ति नगरवासी नै सक्रिय हुनुपर्ने धारणा राख्दै मुख्यमन्त्री शाहीले बीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै सफा र पर्यटकीय नगरी निर्माण गर्नका लागि आफू पनि सरसफाई अभियानमा संलग्न भएको आफ्नो धाराणा राखे ।




Milan Shrestha । ९ भाद्र २०७५, शनिबार ०८:४९ बजे