कर्णाली प्रदेश सरकार र विज्ञ समुह विच परामर्श बैठक शूरु


२४ असोज सुर्खेत।

कर्णाली प्रदेश सरकार र सरकारले गठन गरेको विज्ञ समुह विच परामर्श वैठक शूरु भएको छ । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सुर्खेतमा आज भएको वैठकमा विज्ञ समुहका संयोजक जनार्दन शर्मा प्रभाकर, सदस्यहरु डा. पुण्य रेग्मी, डा. सुरेश तिवारी, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल, पुर्व महान्यायधिवक्ता मुक्ति प्रधानले समुहको कार्यप्रगतिको प्रदेश सरकारलाई रिपोर्टीङ्ग गरेका छन ।

आजको वैठकमा चालु आवको वजेट कार्यान्वयनका चुनौतिहरु, समाधानका उपायहरु, तत्काल प्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुन लगायतका विषयमा विज्ञहरुले प्रदेश सरकारलाई सुझाव दिएको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

विज्ञ समुहका संयोजक तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जनतालाई परिणाम चाहिएको वताउदै कानुनी अडचनलाई सामाधान गरेर वजेट कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने वताउनुभयो । जनतालाई सरकारी प्रक्रियाको सरोकार नहुने भन्दै संयोजक प्रभाकरले सरकारले परिणाममुखि काम गर्नुपर्ने वताउनुभयो ।

वजेट कार्यान्वयनका लागि आवश्यक संयन्त्र तथा कानुन तत्काल निर्माण गरेर कर्णालीको विकासका लागि चालु आर्थिक वर्षै ठुला योजनाको डिपिआर तयार गर्नुपर्ने सुझाव दिदै  प्रभाकरले विज्ञ समुह प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको वताउनुभयो । उहाँले प्रदेश सरकारको नीति, कार्यक्रम र वजेट कार्यान्वयनमा सहज वातावरण वनाउन कर्मचारी प्रशासनलाई आग्रह गर्नुभयो ।

वैठकमा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, मन्त्रीहरु प्रकाश ज्वाला, नरेश भण्डारी, विमला केसी, दल रावल, खडकवहादुर खत्री, नन्दसिं वुढा, विज्ञ समुहका संयोजक जनार्दन शर्मा प्रभाकर, विज्ञ समुहका सदस्यहरु डा. पुण्य रेग्मी, डा. सुरेश तिवारी, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल,  पुर्व महान्यायधिवक्ता मुक्ति प्रधान, प्रदेश सचिव रामप्रसाद थपलिया, प्रदेश सरकारका सचिवहरुको सहभागिता रहेको छ ।