ईसाइ समाजद्वारा सुर्खेतका स्थानीय सरकारलाई सहयोग रकम हस्तान्तरण


२ बैशाख, सुर्खेत । इसाई समाज सुर्खेतको आयोजनामा विरेन्द्रनगर नगरपालिका भित्र रहेका मण्डलीहरु बाट राहत संकलन गरि इसाई समाजले नगरपालिका र गाउँपालिकाहरुमा राहत हस्तान्तरण गरेको छ ।

कोभिड १९ कोरोना भाईरसद्वारा विश्वब्यापी रुपमा द्रुतगतिका साथ महामारीको रुपमा फैलिरहेको दयनिय अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आफ्ना जनतालाई यो महामारीबाट बचाउन घोषणा गरिएको लकडाउनको कारण दैनिक मजदूरी गरी बिहान बेलूकी छाक टार्ने अवस्थाका मानिसहरुलाई प्रत्यक्ष रुपमा गाह्रो पारेको हुँदा परमेश्वर सित प्रार्थना गर्दै यस्ता मानिसहरुलाई थोरै भएपनि केही राहत मिल्न सकोस भनेर इसाई समाज सुर्खेतको निर्णय अनूसार विभिन्न मण्डलीहरुबाट संकलन भएको राहत रकमलाई प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको बताइएको छ ।

सुर्खेत जिल्ला भरिका चर्चहरु बाट जम्मा रु ५ लाख ३० हजार ४०० राहात सङकलन रकम मध्ये राहात कोषमा जम्मा गर्ने क्रममा वीरेन्द्रनगर नगरपालिकाको कोषमा रु २ लाख १० हजार ५०० पञ्चपूरी नगरपालिकाको कोषमा रु ५१ हजार, चौकुने गाउँपालिकाको कोषमा रु २५ हजार, लेकबेशी गाउँपालिकाको कोषमा  ६८ हजार, बराहताल गाउँपालिकाको कोषमा ५० हजार, भेरीगंगा नगरपालिकाको कोषमा ६० हजार त्यसैगरी गुर्भाकोट नगरपालिकाको कोषमा ६५ हजार ९ सय जम्मा गरिएको छ ।

सहयोग रकम ग्रहण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमख मोहनमाया ढकालले विश्व नै अहिले कोरोना महामारीले आतंकित भएको बेला यसरी सरकार सित हातेमालो गरी लकडाउनको कारण थुप्रै दिनभरी काम गरी बिहान बेलुकी छाक टार्ने अवस्थाका व्यक्तिहरु खाँचो पूर्ती गर्नको लागी पहल गर्ने इसाई समाज सुर्खेत लगायत सम्पूर्ण मण्डलीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो साथै यदि तपाईको नजरमा दयनिय जीवन बिताईरहेका जसलाई राहतको खाँचो छ ति व्यक्तिहरु थाहा पाएमा नगरपालिकामा सूचना गरिदिन पनि अनुरोध समेत गर्दछु ।

कार्यक्रममा इसाई समाजका अध्यक्ष पदम गैरेले आउँदा दिनहरुमा पनि आफूहरु सँधै सहयोग र हातेमालो गर्न तत्पर रहेको बताउनुभयो ।