श्रम दिवसमा तटबन्धन (फोटो फिचर)


भाद्र १५, सुर्खेत ।

आज भाद्र १५ गते, कर्णाली प्रदेश सरकारको श्रमदिन । हरेक महिनाको दुई दिन श्रम गरेर समृद्धिको यात्रामा पुग्ने कार्ययोजना ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ५ स्थित खोलामा तटबन्धनको कार्य गरेर १५ गतेको श्रम दिवसलाई पूर्णता दिइएको छ । तटबन्धन सहित सरस्वती बालबिकाश केन्द्रको भबनको पनि सिलन्यास गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायका प्रमूख प्रतिनिधिहरुको सहभागितामा तटबन्धन र भवनको सिलन्यास गरि १५ गतेको श्रम दिवस मनाइएको हो ।