गुम्वा निर्माण समितिको १७औं बार्षिक साधारण सभा सम्पन्न


२४ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ९ मा रहेको बौद्ध गुम्वा निर्माण तथा संरक्षण समितिको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले पेमा साङे छोयोलिङ्ग गुम्बालाई सहयोग गर्नुहुने सुनमती गुरुङ्गलाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष लोकजंग रोकायाले २०७७/७८ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने निषेध शाहीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपाल भोटे जनजाति सेवा समितिका केन्द्रिय सल्लाहकार वीरबहादुर रावत समितिका सल्लाहकार राजेन्द्र बुढा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै सभाले समितिको सहसचिव राजकुमारी गुरुङ्ग सदस्यहरुमा भीमकुमारी गुरुङ्ग, सावित्री बुढा तथा हेमन्त बुढालाई चयन गरेको छ ।