सुर्खेतमा समानान्तर उद्योग बाणिज्य संघ


सुर्खेत, ३० साउन । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा फर्जी मत प्रयोग गरी चुनाव जितेको भन्दै असन्तुष्ट बनेको संयुक्त व्यवसायी समूहले अन्ततः समानान्तर उद्योग वाणिज्य संघ दर्ता गर्ने घोषणा गरेको छ । व्यवसायीहरुको हकहितको पक्षमा भन्दा पनि संस्थालाई कुनै एक पार्टीको भातृ संगठनका रुपमा विकास गर्दै लगेको भन्ने आरोपसहित संयुक्त व्यवसायी समूहले अबदेखि सुर्खेत उद्योग वाणिज्य संघसँग कुनैपनि सम्बन्ध नरहेको जनाएको छ ।

आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको गरी समूहले आफुहरुले पटक–पटक सच्चिन माग गरेपनि हालको नेतृत्वले आफुहरुको मागको सम्बोधन नगरेपछि समानान्तर संस्थाको दर्ता प्रक्रियाको लागि अगाडि बढेको जनाएको हो । समग्र व्यवसायीहरुको हक हित भन्दा पनि आफ्नो स्वार्थ र संस्थालाई पार्टीगत बनाउँदै लगेको समूहरुको आरोप समेत छ ।समूहले निर्वाचनमा पनि फर्जी मतको प्रयोग गरेको र नतृत्वमा आएपछि व्यवसायीहरुको समस्या समाधान भन्दा पनि आफु अनुकुल काम गर्दे अगाडि बढेपछि विकल्पको रुपमा संयुक्त व्यवसायी समूहको नाममा समानान्तर संस्था दर्ताको प्रक्रियाको थालनी गर्नुपरेको बताएको छ ।

कार्यक्रममा समूहका संयोजक विष्णुबहादुर शाहीले वर्तमान सर्खुेत उद्योग वाणिज्य संघले फर्जी व्यवसायीहरुलाई सुद्दिकरण नगरेको र सम्पूर्ण व्यवसायीहरुको हितमा नलागेकोले विकल्प खोज्नुपरेको बताउनु भयो । समग्र उद्योग वाणिज्य क्षेत्रको हकहितको लागि सुर्खेत उद्योग वाणिज्य संघको दर्ता भएपनि स्थापना कालदेखि नै त्यहाँको नेतृत्वले कुनै एक पार्टीको भातृ संगठन बनाउँदै गएको आरोप उहाँले लगाउनु भयो ।

विगत देखि नै प्रजातान्त्रिक समूहले गैर व्यवसायीको मतले नेतृत्वमा पुग्ने र कुनै पार्टीको स्वार्थका लागि काम गर्ने परीपाटी संस्थागत गर्दै गएकोले आफुहरु समानान्तर संस्थाका रुपमा संयुक्त व्यवसायी समूह बनाउन बाध्य भएको वताएको छ ।

साभारः राराखबर अनलाइन