
भाद्र १७, सुर्खेत ।
एक हप्ता अघिदेखि अप्रेसन गर्ने रकम नपाएर भौतारीएका एक वालकको अप्रेसनको बाटो खुलेको छ ।
शुभकालिका गाउँपालिका ६ कालीकोटका १० बर्षिय बालक बिरेन्द्र नेपालीको पीसाब नलिको उपचारका लागि अप्रेसन गर्नुपर्ने भएपनि एक हप्तादेखि आर्थिक अभावमा छट्पटिएका उनलाई अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले ७ हजार, १ सय नगद सहयोग गरेपछि उनको अप्रेसनको बाटो खुलेको हो ।
घोप्ले नेपाली र धनकुमारी नेपालीका पुत्र बिरेन्द्रको पीसाब नलिमा देखिएको समस्या समाधानका लागि अप्रेसन गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार आर्थीक अभाव भएर एक हप्ता देखि क्षेत्रीय अस्पताल कालागाँउमा छट्पटिएका बिरेन्द्र र उनका आमा, बुवा यो रकम पाएपछि खुशी भएका छन् ।
अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाही, सदस्यहरु निर्मला शाही, धिरेन्द्र शाही र अनुप थापाले सो रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको हो । यो रकम पाएपछि धनकुमारीले केही रकम गाउँपालिकाले सहयोग गर्छौ भनेको छ, त्यो तत्काल हुँदैन, तत्काल आफूसँग एक रुपैया पनि नभएको बेला यो सहयोगले छोराका सफल उपचार गर्नमा ठूलो सहयोग मिलेको बताउनुभयो ।
उनको घरको आर्थिक अबस्था अति कमजोर भएकाले मैले सहयोगीहरुलाई आग्रह गरेँ, अनमोल स्मृति प्रतिष्ठानले सहयोग गर्यो, अप्रेसनको ढोका खुला भयो । अझै थप सहयोगको पनि अपेक्षा गरिएको समाजसेवी पुष्पराज आचार्यको भनाई छ । उहाँले भन्नुभयो वडा र पालिकाले पनि सहयोग त गर्छ तर त्यो पछि हुने भएकाले तत्कालको समस्या समाधानका लागि यो सहयोग महत्वपूर्ण भएको छ ।
आफू बाँचौ र अरुलाई बाँचे अबसर प्रदान गरौं भन्ने मूल मन्त्र सहित क्रियाशिल फाउन्डेनले बिभिन्न समयमा यसरी सहयोग गर्ने गरेको छ ।



Milan Shrestha । १७ भाद्र २०७५, आईतवार १७:२९ बजे