कर्णाली प्रदेश सरकारद्वारा ८ निर्णय पारित


३० भाद्र, सुर्खेत कर्णाली प्रदेश सरकारको आज (शनिवार) बसेको मन्त्रीपरिषद बैठकले विभिन्न निर्णहरु परित गरेको छ ।

बैठकले १. सिम्ता गाँउपालिकाको केन्द्र बिबाद निरुपण गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने ।

२. हिमा गापाको केन्द्र विवाद समस्या समाधानार्थ मन्त्रिपरिषदको राजनीतिक समितिमा पठाउने ।

३. आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रशारण बिधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।

४. आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्श सम्बन्धी काम संक्षिप्त कार्यविधि बाट गर्ने प्रस्ताव पारित ।

५. सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित संगठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भर्इ नआउँदासम्म संलग्न संगठन संरचना र दरबन्दी अनुसार कार्यक्रम संचालन गर्न स्वीकृति प्रदान

६. प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी सिघ्र खटाउन नेपाल सरकारलाई अनुरोध गर्ने ।

७. कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति निम्नवमोजिम गठन गर्ने । डा. भगवान कोइराला संयोजक डा. अर्जुन कार्की सदस्य डा. सेनेन्द्रराज उप्रेति सदस्य डा. सुरेश तिवारी सदस्य डा. डम्वर खड्का सदस्य डा. मंगल रावल सदस्य डा. तीर्थ थापा सदस्य

८. स्थानीय सरकार संचालन ऐनको दफा १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद बैठक आश्विन १९ र २० गते आयोजना गर्ने ।

तत्काल खटाउन नसक्ने अबस्थामा चालु आबको बजेट कार्यान्वयन गर्न आबश्यक प्राबिधिक कर्मचारी सेवा करारमा लिनका लागि अनुरोध गर्ने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दिएको जानकारी दिनुभयो ।