पोषण सुधारको तालिम सम्पन्न


सुर्खेत, भदौ । जलवायु परिवर्तनवाट जोखिममा परेका महिला तथा वालवालिकाहरुको पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविका स्तरिय क्षमता अभिवृद्धि तालीम सुर्खेतमा सम्पन्न भएको छ ।

आई डी ई नेपाल र एन्ट्याग नेपालको समन्वय, सुन्दर नेपाल संस्थाद्धारा संचालित अनुकुलन एक्स परियोजनाले उक्त तालिम सम्पन्न गरेको हो । जिल्लाका सिम्ता र वराहाताल गाउपालिकामा रहेका १६३ जना महिला स्वास्थ्य स्वयम सेविकाको सहभागिता रहेका थियो ।
महिला तथा वालवालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउने उदेश्यले जिल्लामा कुपोषण न्यूनिकरण गर्नका लागि उक्त तालिम संचालनगरिएको अनुकुलन एक्स परियोजनाका पोषण अधिकृत मोहनचपाई ले बताए ।

सिम्ता गाउपालिका र वराहाताल गाउपालिकामा रहेका सम्पूर्ण स्वास्थ्य सस्थामा रहेका स्वास्थ्यकर्मिहरुले जिल्लामा रहेको कुपोषण न्यूनिकरणमा अनुकुलन एक्स परियोजनाको ठुलो हात रहेको वताए ।
तालिमको प्रशिक्षक एन्ट्याग का तालिम अधिकृत रिता प्रधान र कृष्ण गिरीले गरेका थिए भने समन्वय गाउपालिका स्थित स्वास्थ्य शाखाले गरेको थियो ।