पहिरोले एकै परिवारका तिन वालवालिकाको ज्यान लियो


भाद्र १८, सुर्खेत ।

कर्णाली प्रदेशको सल्यानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको निधन भएको छ । जिल्लाको बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीको घर पहिरोले पुरिदा दुई छोरी र एक छोराको निधन भएको हो ।

पहिरोमा पुरिएर १० वर्षीया ललिता डाँगी, ७ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनका डाँगीको निधन भएको सल्यान प्रहरीले जानकारि दिएको छ ।

आइतबार साँझ करिब साढे पाँच बजेतिर आएको पहिरोले घरमा पुरिएका बालबालिकाको शब सोमबार बिहान करिब साढे ७ बजेतिर मात्रै फेला परेको थियो ।

घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगे पनि रातभर पानी परेको र पहिरो खस्ने क्रम जारी रहेकाले सोमबार बिहान मात्र शव बाहिर निकाल्न सकिएको डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

अहिले बालाराम र उनकी श्रीमती बेहोस् अबस्थामा छन्, भने उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

यसअघि यही भदौ १२ गते राति सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको निधन भएको थियो ।