
१८ भाद्र, सुर्खेत । गँठेमंगलको दिन देखि सुर्खेतको वीरेन्द्रनगरमा परम्परा देखि चलि आएको विभिन्न जात्रा पर्व आज सकिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा विषेशतः लाटीकोइलीका स्थानीय नेवार समुदाय र अन्य समुदायहरु मिलेर गँठेमंगल बुढी गाईजात्रा र लाँखे जात्रा निकाल्ने गरिन्छ । यसपाली वीरेन्द्रनगर कै इत्राममा पनि युवाहरुले पनि संस्कृति बचाउनकालागि लाँखे जात्रा निकालेका थिए ।

भगवान श्रीकृष्णको जन्माष्टमीको भोली पल्ट वीरेन्द्रनगर बजारमा विभिन्न समूहले श्रीकृष्णको झाँकी सहित बजार परिक्रममा गर्ने गर्दछन् । यही दिन भगवान श्री कृष्णको रुप धारण गरेर लाँखेलाई बध गर्ने गरिन्छ ।

यसपाली पनि लाटीकोइलीका युवा यस अनलाइनका सहसम्पादक मिलन श्रेष्ठले भगवान श्रीकृष्णको रुप धारण गरि लाटीकोइलीको शिव माध्यमिक विद्यालयको प्रांगणमा लाँखेको बध गर्नुभएको हो । लाँखेको बध संगै वीरेन्द्रनगरमा यो बर्षको जात्रा समाप्त हुने गर्दछ ।





Milan Shrestha । १८ भाद्र २०७५, सोमबार २०:२४ बजे