बस सडकमा पल्टिदा सुर्खेत-दैलख सडक अवरुद्ध


६ यात्रु घाइते

शुक्रबार, कार्तिक २६,

दैलेखबाट काठमाडौं जाँदै गरेको बस सुर्खेतमा दुर्घटना भएको छ । दैलेख सुर्खेत सडक खण्डको कपासे नजिकै ना ५ ख ४४९१ को नम्बरको बस दुर्घटना हुँदा ६घटना लगतै दुर्घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यका अनुसार बस सडकमा पल्टिएको छ । दैलेख सडक खण्ड अवरुद्ध हुँदा ५

Bus-Acc

० बढी सवारी रोकिएको प्रहरीको भनाई छ । “बस दुर्घटनामा सामान्य घाइतेहरुको उद्धार गरी माया नर्सिङ होममा उपचारका लागि पठाएको छु ।” एसपी आचार्यले भने, “बाँकी यात्रुलाई अर्को बसमा राखेर गन्तव्य पठाएको छु ।”बस सडकमा पल्टिएकाले तत्काल हटाउन काँक्रेविहार बस व्यवसायी समितिलाई टुचन लगाएर हटाउने कार्य जारी रहेको एसपी आचार्यको भनाई छ । एसपी आचार्यका अनुसार अरोलो सकडमा ब्रेक फेलहुँदा बस पल्टिएको हो ।साभारः पश्चिम नेपाल खबर ।