चट्याङ्गका कारण एकको निधन, एक घाइते


भाद्र २६, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चट्याङ्का कारण एक जनाको निधन भएको छ । चट्याङ्कै कारण एकजना घाइते समेत भएका छन् ।

चट्याङ्का कारण गुर्भाकोट १४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार चट्याङ् लागेर कामीकी श्रीमति खगिसरा पुन घाइते भएकी छन् । घाइतेको मेहेलकुना अस्पतालमा उपचार भैरहेको छ ।

‘दशबजेतिर घरमा चट्याङ परेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीका अनुसार दशबजेति घरमा चट्याङ् परेको हो । चट्याङ्ले घरमा बसिरहेका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमति घाइते छन् ।

चट्याङ्का कारण पशु चौपाया समेत मरेका छन् ।