चित्रकार मिश्रको निधन प्रति दुख ब्यक्त


निधन भएका मिश्रले आफ्नो बाँच्ने समय निर्धारण गरि बनाएको चित्र ।

श्राबण २७, सुर्खेत ।

नेपालका प्रख्यात चित्रकार एवम् लेखक तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको ८२ वर्षको उमेरमा भएको निधन प्रति विवेकशील साझा पार्टी कर्णाली प्रदेश सुर्खेतले दुख ब्यक्त गरेको छ ।

कर्णाली प्रदेश इन्चार्ज एबम् केन्द्रिय सदस्य गेहेन्द्र प्रसाद दाहालले शोक बक्तब्य जारी गरी दृढनिश्चयी र स्वाभिमानी व्यक्तित्वका धनी मिश्रको निधनले नेपालको चित्रकारिता र लेखनको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरीएको छ ।

विवेकशील साझा पार्टी कर्णाली प्रदेश समिति सुर्खेत आज हुन गहिरहेको पाँचौ दिन मै पितृ कार्य समाप्त भई शुद्ध कर्म प्रारम्भ हुन गइरहेको हुँदा स्वर्गिय मनुजबाबु मिश्रको आत्मालाई हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं

विवेकशील साझा पार्टी कर्णाली प्रदेश मिश्रको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मिश्रकी धर्मपत्नी रमला मिश्र, छोरी निर्मला आचार्य र डा. मञ्जु मिश्र, छोरा रवीन्द्र मिश्र र रोशन मिश्र लगायत समस्त शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ भनिएको छ ।

१३ दिन सम्म गरीने काजक्रियालाई मृतकका छोरा रबिन्द्र मिश्रले पाँच दिनमा सकेर नयाँ रितिथितिको सुरुवात गरेका छन् ।