१ असोज, कालिकोट । कालिकोटको नरहरीनाथ गाँउपालिकामा आज नेकपा विप्लवका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुलाई कालो झण्डा देखाएकाछन् ।
मुख्यमन्त्री शाही तथा अन्य मन्त्रीहरु आज (सोमबार) गाँउपालिकाको रुप्सामा आयोजना गरिएको मेलाको उद्घाटन गर्न गाँउपालिका पुगेको बेला नेकपा विप्लवका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
रुप्साको मेलाको उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी हेलिकोप्टर चार्टर गरि पुग्नुभएको थियो ।



Milan Shrestha । १ आश्विन २०७५, सोमबार २१:५४ बजे