
असोज ३, सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमूख र मुख्यमन्त्रीले संविधान दिवश–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदीवहिनीहरुमा शुभकामना व्यक्त गनुभएको छ ।
प्रदेश प्रमूख दुर्गाकेशर खनाल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छुट्टाछुट्टै शुभकामना बक्तब्य प्रकाशित गरि नेपाली जनताले दशकौं देखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका वलीदानीपुर्ण संघर्षहरुको ऐतिहाँसिक उपलब्धि स्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं भनिएको छ ।
वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै ऐतिहाँसिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सवैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार समेत प्रकट गरिएको छ ।





Milan Shrestha । ३ आश्विन २०७५, बुधबार १४:५२ बजे