
असोज ४, कालीकोट ।
कालीकोट जिल्लाको पलाता सुख्खा क्षेत्र, जहाँ बसोवास गर्ने स्थानियवासीहरु आकाशे पानीको भर पर्नु पर्छ । खानेपानीको समेत अभाव झेल्दै आएको स्थानियवासीहरुले स्थानिय निकायको निर्बाचन पछि गाउँपालिकाका अध्यक्ष भने रसिला पाएका छन् ।
स्थानियवासीहरुलाई एकत्रित गर्दै पलाँताको मुहार फेर्ने अभियानमा लागिपरेका अध्यक्ष र गाउँपालिकाको टोलीले पलाँता अब सुख्खा होइन हराभरा पलाँता बनाउने गरि युद्ध स्तरमा खटेर काम गरिरहेकाछन् ।
बिभिन्न कामहरु नयाँ तरिकाबाट सञ्चालन गर्दै आएका अध्यक्ष लक्ष्मण बमले संबिधान दिबशको अबसरमा ८ लाख, ५८ हजार, ७ सय, १५ रुपैयाँ एम्बुलेन्स खरिदका लागि पालिकालाई उपलब्ध गराउने घोषणा गरेका छन् ।
आफ्नो एक वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालकाका लागि एम्बुलेन्स किन्ने घोषणा गर्दै अध्यक्ष बमले तलब र संघसंस्थाबाट आएको रकमले एम्बुलेन्स खरिद गर्न अपुग भएको र बाँकी रकमसमेत आफैले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।
विभिन्न संघसंस्था र गाउँपालिकाबाट छुट्याइएको ३ लाख, ७८ हजार, ७ सय, १५ रुपैयाँ र प्रदेश सरकारले गाउँपालिका अध्यक्षका लागि तोकेको मासिक पारिश्रमिक ३० हजारका दरले १६ महिनाको गरि ४ लाख, ८० हजार सहित जम्मा ८ लाख, ५८ हजार, ७ सय, १५ रुपैयाँमा अपुग रकम समेत आफैले सहयोग गरि एम्बुलेन्स खरिद गरिने अध्यक्ष बमले संबिधान दिवसको अबसरमा घोषणा गरेर रसिला देखिएका हुन् ।
गाउँपालिकाले श्रम दल गठन गरी गाउँपालिका भित्रका युवाहरूलाई रोजगारी दिएको छ भने उच्चमाबि सम्मको पढाई समेत निशुल्क गरि चर्चा कमाएका अध्यक्ष बमले संबिधान दिवस भाषण गरेर भन्दा नागरिकहरुलाई राहत पुग्ने गरि काम गरेर मनाउने बताए । उनले चर्चामा आउनका लागि नभई सुख्खा पलाँतालाई हराभरा र सम्पन्न बनाउने अभियान सफल नभए सम्म औपचारीकतामा दिवस मनाउनुको अर्थ नहुने समेत भनाई राखे ।




Milan Shrestha । ४ आश्विन २०७५, बिहीबार ०९:२२ बजे