काफलकोट स्वास्थ्य चौकीमा कर्मचारी भेटाउनै धौː जनस्वाथ्य प्रशासक भन्छन तत्काल यसवारे जानकारी लिन्छु


राजेन्द्र शाही ।
फागुन १७, सोमबार, सुर्खेत ।
पूर्वी सुर्खेततको काफलकोट स्वास्थ्य चौकीमा कर्मचारीहरु नहुदाँ सेवा ग्राहीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन । स्वास्थ्य चौकीमा अनमी समेत नहुदाँ प्रसुति सेवा लिन आउनेहरुले बढी समस्या भोग्नु परेको गुनासो गरेका हुन । अहिले कार्यालयका हेल्थ असिस्टेन्ट टंक पंगाली, अहेव मिना सापकोटा, अनमी मनिसा भूर्तेल, अहेव प्रेमबहादुर सिहं लगायतका कर्मचारीहरु हप्तौदेख हाजिर नहुदाँ सेवा प्रवाह ठप्प भएको छ । केही दिन अगाडी काफलकोटको वडा नम्बर ७ दुर्पालाकी सुकी चन्दलार्इ प्रसुती गराउँन वर्थिङ सेन्टरमा पुर्याए पनि स्वास्थ्य कर्मि नहुदाँ निजि मेडीकलमा रिफर गर्नु परेको उहाँका सासु मानकूमारी चन्दले गुनासो गर्नुभयो ।
सुत्केरी व्यथाले च्यापेपछी चन्दलार्इ २ घण्टाको वाटोमा स्टेचरमा राखेर स्वास्थ्य चौकी पुर्याउदा कार्यालय सहयोगी बाहेक अरु कर्मचारी भेटाउन उहाको गुनासो छ । प्रसुति सेवा जस्तो संवेदनसिल क्षेत्रमा कार्यरत अनमी समेत कार्यालयमा नहुदाँ चर्को शुल्क तिरेर निजी मेडीकलमा जोखीम मोलेर प्रसुति गरार्इएको उहाँले जानकारी दिनु भयो । स्वास्थ्य संस्थामा प्रसुति गराउदाँ १४ सय रुपैया पार्इने भएपनि उल्टै मेडीकलमा चर्को शुल्क तिर्नु परेको भन्दै क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने स्थानीयले माग गरेका छन ।
मेडीकलमा दक्ष स्वास्थ्य कर्मि नहुदाँ नहुदै पनि बाध्य भएर प्रसुति गराउदा बच्चा र आमा दुबैमा समस्या देखीएको पारीवारका सदस्यहरुले बताएका छन । स्वास्थ्य चौकी काफलकोटका कर्मचारीहरु कार्यालयमा हाजिर नभएको वारे यसअघि पटक पटक स्वास्थ कार्यालयमा जानकारी गराउदा पनि सुनुवार्इ नभएको स्थानयिको गुनासो छ । अत्याअश्यक ‌औषधि लिन घण्टौ सम्म हिडेर स्वास्थ्य चौकीमा पुगेपनि रित्तो हात फर्किनु परेको काफलकोट बासीको गुनासो छ । यता जिल्ला जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले यस वारेमा आफुलार्इ केही थाहा नभएको भन्दै  आवश्यक जानकारी लिने बताउनु भयो । उहाँले स्वास्थ्य कार्यालयमा आफू आएदेखी कर्मचारी अनुपस्थित भएको गुनासो नआएको भन्दै यस वारेमा तत्काल सम्बन्धित ठाउँमा बुझ्ने जानकारी दिनु भएको छ ।