साहित्य तथा सांगितिक महोत्सब रारामा हुने घोषणा


असोज ६, काठमाण्डौ ।

रारा साहित्य तथा सांगितिक महोत्सव २०७५ आगामी कार्तिक १२ र १३ गते दुई दिन मुगु जिल्लाको रारा तालको छेउमा सञ्चालन हुने भएको छ ।

अनमोल स्मृति प्रतिष्ठानको आयोजनामा हुने सो महोत्सबका बारेमा जानकारी दिन आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले आगामी कार्ति १२ र १३ गते भब्य महोत्सव हुने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले नेपालका लोकप्रिय यूवा कवि नवराज पराजूलीज्यूले वाँसुरीको धुन सँगै कविता वाचन गर्ने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्रि पंज्ञनी सहितका बहुचर्चित गायक, गायीकाहरुका गीत प्रस्तुती रहने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको झ्याउरे नृत्य प्रस्तुत गरिने, बहुचर्चित राष्ट्रिय गजलकारहरुले गजल वाचन गर्ने, कर्णाली क्षेत्रका चर्चित पुरुष तथा महिला देउडा खेलाडीहरुको उपस्थितीमा देउडा खेल प्रस्तुत् गरिने, कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई भव्य रुपमा सफल पार्नका लागि कार्यक्रको विहान सपनाको गन्तव्य रारा नामक म्याराथुन दौडको आयोजना गरिने, अनमोल स्मृति प्रतिष्ठानको आयोजनामा कालिकोट र जूम्ला जिल्लामा वाल स्वास्थ्य शिविर र विपन्न बालबालिकाहरुकालागि शैक्षिक सामाग्री वितरण गरिने जानकारि दिनुभयो । अध्यक्ष शाहीले सो अबसरमा लियो क्लव अफ काठमाडौँको सहयोगमा कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका स्थित मष्टमाण्डु आधारभुत विद्यालयमा पुस्तकालय स्थापना सहयोग कार्यक्रम गरिने, जुम्ला तथा मुगु जिल्लाका साँस्कृतिक झाँकी प्रस्तुत गरिने, स्रष्टा सम्मान कार्यक्रम पनि सो अबसरमा गरिने बताउनु भयो ।

महोत्सबको सहआयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष उत्तम शर्माले सो महोत्सव भब्य रुपमा सम्पन्न गर्न आफू र आफ्नो संस्थाले कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा सहभागि कर्णाली प्रदेशका सांसद दानसिंह परियारले महोत्सव भब्य रुपमा सम्पन्न गर्न मुगु जिल्लाको तर्फबाट सबै सहयोग गर्ने बताउँदै ब्यबस्थापन पक्षमा बढि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।