
२४ मंसीर, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल ‘उत्कृष्ट युवा’ सम्मानबाट सम्मानित हुनुभएको छ ।
कँडेल वीरेन्द्रनगर जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको ‘उत्कृष्ट युवा’ सम्मानबाट सम्मातित भएको हो । जेसीजले जेसीज सप्ताहको अवसरमा शनिबार एक कार्यक्रमका बिच कंडललाई उहाँले सुर्खेतमा रहेर समग्र व्यवसायिको हकहित र यहाँको विकासको लागि योगदान पु¥याएको भन्दै ‘उत्कृष्ट युवा सम्मान’ को रुपमा सम्मान गरेको हो ।
यस्तै कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता र स्लो बाइक ड्राइभिङ प्रतियोगितामाा प्रथम, द्धितीय र तृतीय भएकालाई पुरस्कार वितरण, गजल बाचन, रक्तदातादाई प्रमाण पत्र वितरण गरिएको अध्यक्ष शैलेन्द्र पाठकले जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिम बहादुर शाही, नेपाल जेसीजका उपाध्यक्ष राम प्रसाद पाण्डे, वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव शम्भु पन्त, कोहलपुर जेसीजका अध्यक्ष इश्वर शर्मा, सुर्खेत महिला जेसीजका अध्यक्ष मनिषा कौशललगायतको सहभागिता रहेको थियो ।




Prawash Kumar Shakya । २४ मंसिर २०७९, शनिबार २१:५२ बजे