
सुर्खेतमा रहेका विभिन्न यातायात व्यावसायीहरु संयुक्त यातायात व्यावसायीका नाममा सञ्चालन गर्दा व्यवस्थित रुपमा सञ्चालनमा रहेको बसपार्क यातायात व्यावसायी फुटपछि विगत केहीदिन देखि वीरेन्द्रनगरको मंगलगढी देखि बसपार्क सम्मका राजमार्गमा यात्रु तानातान प्रवृति बढ्दै जाँदा सामाजिक सञ्जालहरुबाट स्थानीयहरुले व्यापक दवाव दिँदै आएका थिए । यही कुरालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको सिटी बसपार्क अव्यवस्थित नहुने गरि सञ्चालन गर्न यातायात व्यावसायीहरुलाई अनुरोध गर्नुभएको छ ।
नगरप्रमुख ढकालले यातायात व्यावसायीहरुको माग अनुसार बसपार्क सँगको ठाँउमा हाललाई बस पार्किङ्ग गर्ने दिने बताउनुभयो । बसपार्क बाहिरका बाटोबाट यात्रु ओसार्न बन्द गर्न नगरप्रमुख ढकालले निर्देशन दिँदै बसपार्कलाई सबै जना मिलेर सफा राखि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “म सबैलाई विनम्रता पूर्वक अनुरोध गर्दछु हामी सबैजना नियमपूर्वक हिडौं ।”
भिडियोः नवराज बोहोराको फेसबुकबाट
Prawash Kumar Shakya । १२ चैत्र २०८१, मंगलवार १७:१८ बजे